२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

कोरोना प्रतिबन्धविरुद्धको आन्दोलनमा सहभागी पक्राउ

  • २०७७ भाद्र १५, सोमबार मा प्रकाशित ४ साल अघि
  • भदौ १५, २०७७
    बर्लिनः जर्मनीमा लगाइएको कोरोना प्रतिबन्धविरुद्ध भएको आन्दोलनमा ३ सय जना पक्राउ परेका छन्। बर्लिन लगायतका विभिन्न ठाउँमा भएका आन्दोलनमा सहभागीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    बीबीसीका अनुसार आन्दोलनमा करिब ३८ हजार सहभागी भएका थिए। उक्त आन्दोलन ‘निकै शान्तिपूर्ण’ रहेको बताइएको छ।

    एउटै र्‍यालीबाट २ सय बढी सहभागी पक्राउ परेका छन्। अधिकारीहरूका अनुसार प्रदर्शनकारीले पानीको बोतल तथा ढुङ्गा प्रहार गरेका कारण उनीहरू समातिएका हुन्।

    यसैगरी कोरोना प्रतिबन्ध हटाउनुपर्ने माग गर्दै युरोपका विभिन्न सहरहरूमा र्‍यालीहरू भएका छन्। बेलायतको लन्डनमा पनि हजारौँको संख्यामा भेला भएको बताइएको छ।

    उस्तै किसिमका र्‍यालीहरू पेरिस, भिएनलगायतका स्थानमा पनि भएको बीबीसीले जनाएको छ। एजेन्सी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस