भदौ १५, २०७७
चौताराः मेलम्ची नगरपालिकाको मुख्य बजारको मुख्य नाकामा निशुल्क मास्क वितरण गर्न थालेको छ। कोरोनाको जाखिम बढ्दै गएपछि समुदाय स्तरमा कोरोना नफैलियोस् भन्ने लक्ष्यका साथ मास्क वितरण गरेको हो।
इलाका प्रहरी कार्यालय मेलम्ची, शसस्त्र प्रहरी, मेलम्ची बजार बासी र कोभिड १९ रोकथाम तथा बजार व्यवस्थापन समितिले संयुक्त रुपमा मास्क वितरण गरेको हो ।
मेलम्ची बजारको मुख्य ४ वटा नाका मास्क वितरण गरिरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिए। घरबाट बाहिर निस्किदा मास्कको प्रयोग नगरेमा १०० रुपिँया जरिवाना लाग्ने समेत लाग्ने भएको छ।
आइतबार मेलम्चीमा ५ सय ५० जनालाइ मास्क वितरण गरिएको छ। मास्क वितरणको कामलाई केहि दिन निरन्तरता दिने बजार व्यवस्थापन समितिका संयोजक पुष्कर धितालले जानकारी गराए।
प्रतिक्रिया दिनुहोस