२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

सिन्धुपाल्चोकमा बुधबारसम्म लम्बियो लकडाउन

  • २०७७ भाद्र १४, आईतबार मा प्रकाशित ४ साल अघि
  • भदौ १४, २०७७
    चौताराः सिन्धुपाल्चोक जिल्लामा कोरोनाको जोखिम कायमै रहेकाले भदौ १७ (बुधबार)सम्म भदौ १ गतेदेखि जारी लकडाउन लम्बाइएको छ।

    आइतबार बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको बैठकले १७ गतेसम्म जिल्लामा लकडाउन थप्ने निर्णय गरेको हो।

    कोरोना संक्रमण जोखिम अझै कायमै रहेकाले जिल्लामा लकडाउन थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

    यस अवधिभित्र कुनै पनि व्यक्ति अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाउने छैनन् । त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुने छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन् ।

    होटल तथा रेष्टुरेण्ट, विद्यालय, सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, शैलुन, खेलकूद गतिविधि सञ्चालन गर्न पाइने छैन । त्यस्तै बैंक र गैरसरकारी कार्यालय आवश्यक सेवा प्रदान गर्न बिहान ११ देखि अपराह्न २ बजेसम्म सञ्चालन गर्न दिइनेछ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस