२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

सुनकोशी पहिरो पीडितलाई घर बनाउन पालिकाले ५ लाख दिने

  • २०७७ भाद्र १४, आईतबार मा प्रकाशित ४ साल अघि
  • भदौ १४, २०७७
    चौताराः सुनकोसी गाउँपालिका ६ धुसेनीमा गएको पहिरो पीडितको घर बनाउन पालिकाले ५ लाख रुपैयाँ दिने भएको छ। पहिरोले घर पुरिएकाको घर निर्माण गर्न ५ लाख रुपैयाँ सहयोग गर्ने पालिका अध्यक्ष श्रमणकुमार जिसीले बताएका छन्।

    उनले घटनास्थलमै पुगेर पीडितसमक्ष प्रतिपरिवार ५ लाख दिने घोषणा गरेका हुन् । आज बिहान गएको पहिरोमा ४ पुरेको थियो।

    जनप्रतिनिधि, सेना र प्रहरीको सहयोगमा जोखिममा रहेकार्ला सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ। सुरक्षित स्थानान्तरणका लागि ३० बञ्डल जस्ता र ६ वटा टेण्ट समेत गाउँपालिकाले दिइएको छ।

    पहिरोले खिल बहादुर भण्डारी, सिताराम भण्डारी, इबहादुर भण्डारीको घर पुरिएको थियो। पहिरोको जोखिममा रहेका अन्य ९ घर परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस