भदौ १३, २०७७
चौताराः नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई सय नाघेको छ। बितेको २४ घण्टामा १२ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २ सय नाघेको हो।
पाल्पा, काठमाडौं र भक्तपुरका १–१ गरी ३ महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै पर्सा र ललितपुरका २–२ तथा सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका १–१ जना ८ जना पुरुषको मृत्यु भएको उनले बताए । यो सँगै मृतकको कुल संख्या २०७ पुगेको छ।
प्रतिक्रिया दिनुहोस