भदौ १३, २०७७
चौताराः सिन्धुपाल्चोक जिल्लामा कार्यरत गैर सरकारी संस्था सीडीइसीएफले कोरोना फैलाएको भन्दै भएको प्रचारको ध्यानाकर्षण गराएका छन्। गैसस महासंघ सिन्धुपाल्चोकले एक सामाजिक जारी गर्दै नकारात्मक प्रचार नगर्न आग्रह समेत गरेको छ।
सीडिइसीएफका कर्मचारीमा कोरोना पुष्टि भएपछि सञ्चार तथा सामाजिक सञ्चालमा आएका नकारात्मक टिप्पणीप्रति ध्यानाकर्षण गराएको हो।
विज्ञप्तीमा भनिएको छ, कोरोनाबाट संक्रमितलाई उच्च मनोबल बनाउने र संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य तीव्र रुपमा गर्न पनि महासंघले सम्बन्धित पक्षलाई आग्रह गरेको छ । कोरोनाबाट संक्रमित अभियन्ताहरुलाई कोरोनासँग लड्न सकारात्मक शक्ति प्राप्त होस्।
कोरोनाको महामारीको बेलामा चितवन तालिममा सहभागी भएका सीडीइसीएफका चार कर्मचारीमा संक्रमण देखिएको थियो। त्यसपछि सोही उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप कर्मचारीमा संक्रमण देखिएको थियो।
प्रतिक्रिया दिनुहोस