२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

डिसेम्बरमा कोरोनाकोे खोप ल्याउने चिनियाँ कम्पनीको तयारी

  • २०७७ भाद्र १२, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • भदौ १२, २०७७
    बेइजिङः विश्‍वभरका वैज्ञानिकहरु कोभिड १९ को खोपको विकासमा लागिरहँदा चिनियाँ एक औषधि कम्पनीले भने कोभिड १९ को खोप यही वर्षको अन्त्यसम्म बजारमा आउने भन्दै यसको मुल्य समेत तोकिसकेको छ ।

    चिनियाँ औषधि उत्पादक कम्पनी सिनोफार्मले उक्त खोप यही वर्षको डिसेम्बरमा आउने भन्दै यसलाई १४० डलर पर्ने वा नेपाली १५ हजार जति पर्ने जनाएको छ ।

    चीन सरककारले पनि केहीअघि खोपमा भइरहेको प्रगतिबारे जानकारी दिएको थियो । त्यसो त खोप विकासको चरणमा विश्वभर अन्तिम चरणमा पुगेका ६ खोपमध्ये आधा चिनियाँ भएको बताइन्छ ।

    तर विश्वव्यापी परीक्षण खोप गर्नुपर्नेमा चीनले अत्याधिक संक्रमण भएका स्थानमा परीक्षण गरेको बताइएको छ । यसवाहेक युरोपियन विज्ञहरु पनि चीनले विकास गरेको खोपप्रति सकारात्मक छन् ।

    यसबीचमा चीनले गत महिनादेखि प्रमुख सरकारी कर्मचारीहरुमाथि खोपको गोप्य परीक्षण गरिएको पनि चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन्। एजेन्सी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस