२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

लिदी पहिरोमा बेपत्ता भएका ६ जनाको अब खोजी नगरिने

  • २०७७ भाद्र १२, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • भदौ १२, २०७७
    चौताराः जुगल गाउँपालिका २ लिदी पहिरोमा पुरिएर बेपत्ता भएका ६ जनालाई अब नखोजिने भएको छ। गत साउन ३० गते शुक्रबार गएको पहिरोमा ३९ जना पुरिएका थिए।

    पुरिएकामध्ये ३३ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिए। ६ जना बेपत्ता रहेको उनले बताए।

    बेपत्ता हुनेमा सोही वडाका ४८ वर्षिया सोमरानी दोङ, २४ वर्षीया साइली दोङ, ८ वर्षीया प्रिया दोङ, २५ वर्षीय प्रकाश दोङ, दुई वर्षीय बालक आयुष दोङ र वडा नम्बर ३ का १७ वर्षीया सुवास दोङ रहेका छन्।

    बिहीबारसम्म पहिरो गएको १४ दिन पुगेको छ। उनीहरूको खोजी गर्न थालेको पनि उति नै दिन भयो। तर, नभेटिएपछि खोजी गर्ने काम बिहीबारदेखि रोकिएको हो।
    इलाका प्रहरी कार्यालय, जलबीरेका इन्स्पेक्टर हरि भट्टराईले बताए।

    पहिरोमा पुरिएकाको खोजी गर्न प्रहरी, सशस्त्र प्रहरी र सेना गरी ८० जना सुरक्षाकर्मीहरू खटिएका थिए। बेपत्ता भएका ६ जना नभेटिएपछि प्रहरीले त्यहाँ बुधबार स्काभेटरको प्रयोग गरी खोजेको थियो।

    बेपत्ताहरूलाई खोलाले बगाएको हुन सक्ने अनुमान गरिएको छ। बेपत्ता परिवारले सहमति जनाएपछि खोजी कार्य रोकेको यता गाउँपालिका २ का वडाध्यक्ष प्रताप लामाले बताए। भाडाकुँडा, पैसा लगायतका सामाग्री भेट्टाए पनि बेपत्ताहरू नभेटिएको बताए।
    जोखिममा रहेको परिवारलाई पनि स्थानान्तरण गर्ने तयारी भइरहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस