भदौ १२, २०७७
चौताराः पहिरोले सुनकोशी गाउँपालिका–६ मा दर्जनौँ घर जोखिममा परेको छ। पहिरोको जोखिम बढेपछि बागमती प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति सरेश नेपाल पुगेका छन्।
जोखिममा परेका स्थानीयवासीलाई भेट्न र तत्काल राहत तथा उनीहरुको जिउधनको रक्षाका लागि पहल गर्न उनी बिहीबार उक्त स्थलमा पुगेका हुन्।
सुन्दरडाँडा, धुसिने र पाखरदोभानका पहिरो पीडित र असुरक्षित बस्तिका समुदायसँग छलफल गरिएको छन्। आकासे पानी, सुख्खा पहिरो र नदिकटानले बितण्डताले धुसिनेको ४ घर तत्काल सर्नुपर्ने, सुन्दरडाँडा, धुसिने र पाखर दोभान गरि १९ घर उच्च जोखिममा रेहको सांसद नेपालले बताए।
त्यस्तै पहिरोको उच्च जोखिममा परेपछि बलेफी गाउँपालिकाले २५ घरपरिवारलाई सुरक्षित ठाउँमा अस्थायी स्थानान्तरण गरेको छ। वडा नं १ स्थित खमारेका २५ घरपरिवार पहिराको जोखिममा परेपछि उनीहरुलाई गाउँपालिकाले तत्काल सुरक्षित ठाउँमा अस्थायी स्थानान्तरण गरेको हो।
गाउँपालिकाले जग्गा भाडामा लिएर पहिराको जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा अस्थायी स्थानान्तरण गरेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले बताए। गाउँपालिकाका तर्फबाट प्रति परिवार तीन बण्डल जस्तापाता, ग्याँससहितको सिलिण्डर, अस्थायी शौचालय, खानेपानीलगायतको प्रबन्ध मिलाइएको छ।
प्रतिक्रिया दिनुहोस