भदौ १२, २०७७
चौताराः जुगल गाउँपालिका २ लिदी पहिरो विस्थापिकतको स्वाब संकलन गरिएको छ। बिहिबार ३१ जनाको स्वाब संकलन गरिएको हो।
राहात तथा उद्धारको क्रममा आएकाहरुबाट कोरोनाको संक्रमण फैलिएको हुनसक्ने भएकाले पीडितको स्वाब संकलन गरिएको वडाध्यक्ष प्रताप लामाले जानकारी दिए। सबैको स्वाब संकलन नगरिएपनि जोखिमको अवस्था हेरेर पीडितमध्येबाट स्वाब लिइएको उनले बताए।
राहात वितरण गर्न पीडितसम्म पुग्दा कोरोनाको संक्रमण फैलनसक्ने भन्दै बिहिबार बसेको कोभिड १९ संकट व्यवस्थापन समितीले स्थानीय पालिकासँग समन्वय गर्न निर्देशन समेत दिएको छ।
प्रतिक्रिया दिनुहोस