भदौ १०, २०७७
चौताराः पछिल्लो २४ घण्टामा देशभर १ हजार १११ संक्रमित थपिएका छन् । कोरोना पुष्टि हुनेमा ३३४ महिला र ७७७ पुरुष रहेको छन्।
देशभर थप १ हजार १११ जनामा संक्रमण पुष्टि भएसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा कोरोना निको भएर ५६९ जना घर फर्किएका छन् भने यससँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ ।
यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । जसमा होम आइसोलेशनमा ६ हजार २१० जना र संस्थागत आइसोलेसनमा ९ हजार ६३ रहेका छन् । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण १२ हजार ६२९ रहेको छ ।
थप ८ को मृत्यु
नेपालमा कोरोना भाइरसबाट थप ८ जनाको मृत्यु भएको छ मन्त्रालयका अनुसार आज ५ महिला र ३ जना पुरुष गरी ८ जनाको मृत्यु भएको छ ।
पर्सा, कपिलवस्तु, काठमाडौं, ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेमा १—१ जनाको मृत्यु भएको छ । ललितपुरमा ६५ वर्षीया, बारामा २३ वर्षीया, कास्कीमा ३२ वर्षीया, रुपन्देही र बाँकेमा ७० वर्षीया गरी ५ जना महिलाको कोरोनाबाट मृत्यु भएको हो ।
यस्तै काठमाडौंमा ४८ वर्षीय, पर्सामा ६२ र कपिलवस्तुमा ५० वर्षीय गरी ३ जना पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस