भदौ ११, २०७७
चौताराः सुनकोशी गाउँपालिका ६, थुम्पाखरको पहिरो जाँदा गाउँ नै उच्च जोखिममा परेको छ । बुधबार बिहान पहिरो जादा बस्ती नै विस्थापित भएको हो।
धुसिने र सुन्दरडाँडा गाउँका ३२ बढी घर उच्च जोखिममा परेको स्थानीय रामशरण बोहराले बताए । गाउँका सबै घर छाडेर सुरक्षित मैदानमा गएर बसेको उनले बताए । गाउँ नै पुरिने र बगाउने अवस्थामा रहेको बोहराले बताए ।
विद्युतका पोलहरू बगाएको छ । खेतबारी बगाउन थालेको छ ।
स्थानीयहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको वडाध्यक्ष रामकुमार थापाले जानकारी दिए । थातथलो छाडेर हिँड्नुपर्ने भएपछि पहिरो पीडित व्यवस्थापनमा समस्या भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस