२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

लिदी पहिरो पीडितलाई रुकुम पश्चिमको सहयोग

  • २०७७ भाद्र १०, बुधबार मा प्रकाशित ४ साल अघि
  • भदाै १०, २०७७
    चाैतारा: रुकुम पश्चिमका संघीय सांसद तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदिका पहिरो पीडितलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

    उक्त रकम रुकुम पश्चिम जिल्लाका स्थानीय पालिका प्रमुखहरु, जिल्ला समन्वय प्रमुख, प्रदेश र संघीय सांसदका जनप्रतिनिधिहरुको तर्फबाट सहयोग प्राप्त भएको हो ।

    रकम बुधबार बिहान नेकपाका नेता समेत रहेका शर्माले सभामुख अग्नि साप्कोटालाई हस्तान्तरण गरेका हुन् ।  सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा साउन अन्तिममा गएको पहिरोमा परि ३८ जनाको वेपत्ता भएका थिए । दर्जनभन्दा बढी घर परिवार विस्थापित हुनु परेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस