२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

काेराेना संक्रमितकाे संख्या ३४ हजार नाघ्याे, १ सय ७५ काे मृत्यु

  • २०७७ भाद्र १०, बुधबार मा प्रकाशित ४ साल अघि
  • भदौ १०, २०७७

    चाैतारा: देशभर कोरोना संक्रमितको संख्या ३४ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ८ सय ८५ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितकाे संख्या ३४ हजार नाघेको हाे।

    बुधबार ८ सय ८५ जना संक्रमित थपिएसँगै देशभर कूल संक्रमितको संख्या ३४ हजार ४ सय १८ नाघेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए। गौतमका अनुसार बुधबार भेटिएका संक्रमितमध्ये २९९ महिला र ५ सय ८६ जना पुरुष रहेका छन्।

    पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको उनलेे बताए।
    मन्त्रालयका प्रवक्ता डा. गौतमले मोरङमा ४६ र भक्तपुरमा ५३ वर्षीया महिलाको मृत्यु भएको बताए ।

    यस्तै कैलालीमा ४५ र ५० वर्षीय पुरुष, मोहत्तरीमा ६०, ७२ र ७५ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै बाँकेमा ३७ वर्षीय पुरुष, काठमाडौंमा काठमाडौं ५१ वर्षीय पुरुष र बारामा ४१ र ४६ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस