भदौ १०, २०७७
चौताराः सभामुख अग्निप्रसाद सापकोटा लिदी पहिरो पीडित भेट्न बाँसखर्क जाने भएको छ। आज लिदीबाट विस्थापित भएपछि स्थानान्तरण भएर बाँसखर्क गएर बसेकालाई भेट्न जान लागेका हुन्।
अस्थायी स्थानान्तरण भएका पीडितहरुलाई भेट्न जान लागेको सभामुखको प्रेस विज्ञ श्रीधर न्यौपालेले जानकारी दिए।
सभामुख सापकोटासँगै विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भुगर्भविद लेखप्रसाद भट्ट सहित सिन्धुपाल्चोकको बाँसखर्क जान लागेको उनले जनाए।
बाँसखर्क पुगेर सापकोटाले स्थानीय तहका जनप्रतिनिधि मार्फत थप राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको समेत रहेकाे छ।
प्रतिक्रिया दिनुहोस