भदौ ८, २०७७
चौताराः नेपालमा थप ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार योसँगै नेपालमा संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ।
यसैगरी सोमबार काठमाडौंमा १७७ जना भक्तपुर १४ र ललितपुरमा ३३ जना संक्रमित फेला परेका छन्। संक्रमित बढेसँगै कोरोनाबाट मृत्यु हुने क्रम पनि बढेको छ।
पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको मन्त्रालय स्रोतले जनाएको छ। मृत्यु हुनेमा काठमाडौंका १ जना, रुपन्देहीमा ४ जना, मोरङका १ जना, सुनसरी १ जना र पर्साका १ जना रहेका छन् । थप ८ जनाको मृत्युसँगै जम्मा मृत्यु हुनेको संख्या नेपालमा १ सय ५७ जुगेको छ।
साथै १३ हजार ७ सय १५ सक्रिय संक्रमित रहेका छन्। १७५ जना सोमबार डिस्चार्ज भएका छन्।
प्रतिक्रिया दिनुहोस