भदौ ८, २०७७
चौताराः सिन्धुपाल्चोक चौतारामा रहेको जिल्ला अस्पताल सील गर्ने तयारी भएको छ। सोमबार काेराेना पाेजेटिभ रिपोर्ट अाएका एक ब्यक्तिगले गत साता चाैतारा अस्पतालमा एउटा कार्यक्रम सञ्चालन गरेका थिए । साे कार्यक्रममा चाैतारा नगरपालिका, अस्पाताल र जनश्वास्थ्यका केही कर्मचारी सहभागी थिए।
कार्यक्रममा सहभागी एक जनालाइ काेराेना पुष्टि भएपछि अस्पताल सील गर्ने तयारी गरेको हो।सिन्धुपाल्चोक जिल्लामा कार्यरत गैरसरकारी संस्था सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च (सिडिइसिएफ) का थप तीन जनाको सोमबार कोरोना पुष्टि भएको छ।
भदौ १ गते सोही कार्यालयका ४ जनाको कोरोना पुष्टि भएको थियो। उनीहरुको सम्पर्कमा आएका थप तीन जनाको कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
भदौ १ मा कोरोना पुष्टि भएकाहरु चितवनमा भएको एक तालिममा सहभागी भएर साउन २८ सिन्धुपाल्चोक आइपुगेका थिए। कोरोनाको जोखिम बढेसँगै सिन्धुपाल्चोकमा भदौ १ गतबाट लकडाउन गरिएको छ।
प्रतिक्रिया दिनुहोस