२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

बषौँपछि जबरजस्तीकरणी र चोरी मुद्धामा संलग्न दुई पक्राउ

  • २०७७ भाद्र ८, सोमबार मा प्रकाशित ४ साल अघि
  • भदौ ८, २०७७
    चौताराः चोरी र जबरजस्तीकरणीमा संलग्न दुइ अभियुक्तलाइ लामो समयपछि प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मेलम्चीले दुइ अभियुक्तलाइ पक्राउ गरेको हो ।

    जबरजस्तीकरणीमा संलग्न तत्कालिन मेलम्ची गाविस वडा नम्बर ३ का ३६ बर्षीय उत्तम भनिने भोलाबहादुर खड्कालाई लाई १८ वर्षपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले जानकारी दिए ।

    खड्कालाई जिल्ला अदाल सिन्धुपाल्चोकले २०५९ जेठ २२ गते जबरजसती करण मुद्दामा संलग्न रहेको भन्दै १ वर्ष ५ महिना २३ दिन कैदभुक्तानीको फैसला सुनाएको थियो । शुक्रबार जरायोटार स्थित आफ्नै घर नजिकबाट पक्राउ परेका खड्कालाई आज अदालतमा दाखिला गरिएको छ ।

    त्यस्तै चोरी मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । २०४४ साल असोज १९ गतेको फैसला अनुसार १ महिना १५ दिन कैद तथा ५६ हजार ३ सय ८७ जरिवाना सजाय पाएका साबिक दुवाचौर ७ हाल मेलम्ची नगरपालिका वडा नम्बर ८का ७८ बर्सिय ग्याम्जो तामाङलाई पक्राउ गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस