भदौ ७, २०७७
चौताराः सिन्धुपाल्चोक जिल्ला अस्पताल चौतारामा २५ बेडको आइसोलेसन तयारी भएको छ। कोरोनाको जोखिम बढेपछि सामाजिक विकास मन्त्रालयको सहयोगमा आइसोलेसन कक्ष तयारी भएको हो।
चौतारा अस्पतालको व्यवस्थापन र बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा २५ बेडको आइसोलेसन कक्ष तयारी भएको जिल्ला अस्पताल वयवस्थापन समिती अध्यक्ष इश्वरी श्रेष्ठले बताए।
५० बेडको आइसोलेसन तयार भएपनि आजबाट २५ बेड सञ्चालन भइसकेको उनले बताए। आइसोलेसन कक्ष निर्माणका लागि जिल्ला समन्वय समितीले भवन सहयोग गरेको छ।
केहीदिन अघि दुई कोरोना संक्रमितले आइसोलेसन बेड नपाउदा ३३ घण्टा कार्यालयमै बिताउन बाध्य भएका थिए। फेरि त्यस्तो अवस्था सिर्जना नहोस् भनेर सामाजिक विकास मन्त्री युवराज दुलालले तत्कालै सिन्धुपाल्चोकमा २५ बेडको आइसोलेसन बेड निर्माण गर्ने जनाएका थिए।
प्रतिक्रिया दिनुहोस