भदौ ७, २०७७
चौताराः सिन्धुपाल्चोक जिल्लामा लकडाउनको आज सातौ दिन हो। आज मध्यरातबाट जिल्ला प्रशासनले गरेको लकडाउन सकिदैछ। कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउन आजबाट फेरि लकडाउन गरेको थियो।
कोरोनाको जोखिम अझै घटेका छैन। त्यसैले पुनः लकडाउन थप्न सक्छ। भदौ १ बाट अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन नपाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।
कोरोनाको जोखिम बढेको हुनले लकडाउन गर्न बाध्य भएकाले त्यसको पालना गर्न सर्वसाधारणलाई अनुरोध समेत गरेका छन्।
योसँगै अब सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउन पाउनेछन् सार्वजनिक सवारी साधन, होटल तथा रेष्टुरेन्ट, विद्यालय, सभा, गोष्ठी, तालिम सेमिनार, प्रदर्शन, शैलुनलगायत बन्द भए। त्यसैले सिन्धुपाल्चोक जिल्ला सुनसान भइरह्यो।
फोटो : सामाजिक सञ्जालबाट
प्रतिक्रिया दिनुहोस