२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

धुलिखेलमा प्रादेशिक प्रयोगशाला, दैनिक हजार स्बाव परिक्षण

  • २०७७ भाद्र ७, आईतबार मा प्रकाशित ४ साल अघि
  • भाद्र ७, २०७७
    चौताराः वागमती प्रदेश सरकारले धुलिखेलमा जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेको छ । कोरोना भाइरस लगायत अन्य रोगको परीक्षण र पहिचान गर्न प्रदेश सरकारले धुलिखेलमा प्रयोगशाला स्थापना गरेको हो ।

    प्रयोगशालाले एक दिनमा १ हजार स्वाब परीक्षण गर्न सक्ने प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीले जानकारी दिए। प्रयोगशालाले २४ सै घन्टा सेवा दिने समेत उनले बताए ।

    ल्याबमा इन्फ्लुएन्जा, मलेरिया, डेंगुको समेत परीक्षण हुनेछ । ल्याबमा स्थायी र करार गरी २२ जनशक्ति कार्यरत रहेको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र झाले जानकारी दिए।

    प्रदेशका १३ वटै जिल्लाका लागि ल्याबले सेवा दिने प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताए । पहिलो चरणमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुरका स्वाबहरु परीक्षण हुनेछन् ।

    प्रदेश सरकारले सिन्धुली र भक्तपुरमा पनि कोरोना परीक्षण्का लागि प्रयोगशाला निर्माण गर्न लागेको मन्त्री दुलालले बताए ।

    संघीय सरकारले धुलिखेल अस्पताललाई कोभिड प्रयोशालाको रुपमा प्रयोग गरेको छ । जिल्लामा रहेका दुवै प्रयोगशालाका कारण जनता छिटो सेवा पाउने र समयमा नै रोग पहिचान हुने विश्वास उनको छ । प्रयोगशाला सञ्चलानको लागि धुलिखेल नगरपालिकाले चार वर्षका लागि भवन उपलब्ध गराएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस