२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

जोखिम बढेपछि बाह्रबिसेमा आइसोलेसन वार्ड निर्माण

  • २०७७ भाद्र ६, शनिबार मा प्रकाशित ४ साल अघि
  • भदौ ६, २०७७
    चौताराः कोरोना भाइरस (कोभीड १९) को जोखिम बढेपछि बाह्रविसे नगरपालिकाले आइसोलेसन वार्ड निर्माण गरेको छ। नगरपालिकाले ५० शैया क्षमताको आइशोलेसन वार्ड निर्माण गरेको हो।

    बाह्रविसे नगरपालिका ४ सालघारीमा रहेको अरनिको कलेजको भवनमा नगरपालिकाले आइशोलेसन वार्ड निर्माण गरेको नगरप्रमख निमफुञ्जो शेर्पाले जानकारी दिए।

    यो सँगै जिल्लाका आइसोलेशन वार्डको संख्या १०१ पुगेको छ । बिहिबार मात्रै जिल्ला समन्वय समितिको कार्यालयको भवनमा २५ वेडको आइसोलेशन वार्ड निर्माण गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस