२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

लिदी पहिरो पीडितलाई इन्द्रावतीको सहयोग

  • २०७७ भाद्र ६, शनिबार मा प्रकाशित ४ साल अघि
  • भदौ ६, २०७७
    चौताराः जुगल गाउँपालिका २ स्थित लिदीमा गएको पहिरोमा ज्यान गुमाएकाको परिवारलाई इन्द्रावती गाउँपालिकाले सहयोग गरेको छ। पालिकाले मृतकका परिवारलाई सहयोग स्वरुप १ लाख रुपैंया उपलब्ध गराएको हो।

    इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठलाई चेक हस्तान्तरण गरे।

    पहिरोमा बेपत्ता भएका ३९ मध्ये बिहीबारसम्म ३० जनाको शव फेला परेको छ । ९ जनाको अझै पत्ता लागेको छैन । बाढीपहिरोले सडक बगाएपछि एक्स्काभेटर लैजान नसकिँदा अहिले सेना, सशस्त्र र नेपाल प्रहरी गरी ५५ जनाको टोलीले साबेल, कोदालोको भरमा बाँकी बेपत्ता खोजिरहेका छन्  ।

    एक सय ७२ घर रहेको लिदीको बस्तीमा गत शुक्रबार बिहान साढे ६ बजेतिर पहिरो खसेको थियो  । घटनामा १३ घर पूर्ण क्षति भएका थिए भने ३७ मा आंशिक क्षति भएको थियो । पहिरोमा परी ३९ जना बेपत्ता भएका थिए । पहिरोले विस्थापित १ सय ३५ परिवार अहिले छिमेकी गाउँमा त्रिपाल टाँगेर बसेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस