२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

शुक्रबार ८ सय ३८ कोरोना संक्रमित थपिए, ११ को मृत्यु

  • २०७७ भाद्र ५, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • भदौ ५, २०७७
    चौताराः काठमाडौं उपत्यकामा १ सय ४२, ललितपुर २५ र भक्तपुरमा १५ जना गरी देशभर ८ सय ३८ कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ।

    शुक्रबार देशभर २ सय ५० संक्रमित निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयको प्रवक्ता जोगेश्वर गौतमले जानकारी दिए। अहिलेसम्म नेपालमा १८ हजार २ सय १४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएको समेत बताए।

    होम आइसोलेसन रहनेको संख्या ३ हजार ५ सय ८६ रहेको उनले बताए। १२ हजार २ य ३४ जना हाल पनि क्वारेन्टाइनमा रहेका उनले जनाए। त्यसैगरी विगत २४ घण्टामा ११ हजार ८ सय ३२ जनाको पिसिआर परीक्षण भएको उनले बताए।

    थप ११ को मृत्यु

    पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो मृत्यु संख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो। देशभर १ महिला र १० जना पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको उनले बताए।

    मृत्यु हुनेहरुमा काठमाडौँ, मोरङ, पर्सा, बारा सप्तरी, चितवन, मकवानपुर, सर्लाही, ललितपुर, दोलखा र प्युठान जिल्लाका रहेका छन्। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस