भदौ ५, २०७७
चौताराः जुगल गाउँपालिका २ लिदीमा भएको पहिरो पीडितलाई सहयोग जुट्नै क्रम जारी रहेको छ। देश विदेशका विभिन्न संघ संस्था ब्यतिहरु सहयोग जुटिरहेको हो ।
देश तथा विदेशबाट जुटेको पाँच लाख ६२ हजार पाँच सय रुपैयाँ पहिरो पीडितहरुलाई पालिका उपाध्यक्ष सृजना तामाङले हस्तान्तरण गरेकी छन्। नेपाल तामाङ समाज कतारबाट १ लाख, द वर्गर हाउस एण्ड फ्राई चिकेन टिमबाट २ लाख ५२ हजार ५ सय, तामाङ सोसाइटी अफ अमेरिकाबाट १ लाख २० हजार सहयोग भएका थियो।
यस्तै, हङकङ नेपाली युवाबाट ६० हजार, पदमबहादुर तामाङ पाँच पोखरी थाङ्पाल गाउपालिकाबाट व्यक्तिगत २० हजार, तेजतामाङ धनुषाबाट ५ हजार, सगु प्रोडक्सन प्रोपाइटर गणेश अधिकारीबाट ५ हजार गरि जम्मा रकम ५ लाख ६२ हजार ५ सय पीडितलाई सहयोग गरिएको हो।
राहत ३९ बेपत्ता र मृतक परिवारलाई १० हजारको दरले ३ लाख ९० हजार रुपैयाँ सहयोग गरिएको छ। त्यस्तै घाइते ५ जनालाई ५ हजारको दरले र पहिरो बाट घर पुर्ण क्षति भएका २२ घरधुरी लाई ५ हजार ५ सयको दरले वितरण गरिएको छ।
श्रेष्ठको पहल, वडाध्यक्षले गरे संयोजन
नेपाली कांग्रेस सिन्धुपाल्चोकका युवा नेता एवं समाजसेवी सागर कुमार श्रेष्ठको बिशेष पहल रोटरिक्लव अफ भादगाउँले राहत सामाग्री उपलब्ध गराएको छ । सहयोगको जुगल गाउँपालिका ३ का वडाध्यक्ष सनत अधिकारीको स्थानिय संयोजनमा लिदिका पहिरो पिडित ३८ घरपरिवार लाई उक्त्त राहत सामाग्री उपलब्ध गराइएको छन्।
भाँडाकुँडा, लत्ताकपडा, सोलार, फिल्टर लगायतका अत्यावश्यक सामाग्री हरुसहितको प्रति परिवार ५० हजार भन्दा बढि रकम बराबरको राहत प्याकेज रोटरी क्लव अफ भादगाउँका ३२९२ नेपाल भुटानका संस्थापक मनोज कुमार कँडेल, डिस्ट्रिक गभर्नर राजिव पोखरेल,निवर्तमान प्रेसिडेन्ट तुला बहादुर कँडेल, प्रेसिडेन्ट प्रकाश थापाको उपस्थितिमा बिहिबार वितरण गरिएको सिन्धु कांग्रेस नेता एवं समाजसेवि सागर श्रेष्ठले जानकारी दिए ।
कांग्रेस नेता श्रेष्ठले मास्क, सेनेटरी, प्याड, साबुन, कपडा लगायतका आवश्यक सामाग्री व्यकत्तिगत खर्चमा समेत उपलब्ध गराएको बताए ।
प्रतिक्रिया दिनुहोस