२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

जिल्ला प्रशासनलाई निषेधाज्ञाको अधिकार

  • २०७७ भाद्र २, मंगलबार मा प्रकाशित ४ साल अघि
  • भदौ २, २०७७

    चौतारा: संघीय सरकारले काठमाडौं उपत्याकासहित सबै जिल्लाहरू जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न सक्ने व्यवस्था गरेको छ ।

    मन्त्रिपरिषद् बै्ठकको निर्णय सुनाउँदै अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय प्रशासन ऐन, २०२८ अनुसार जिल्लाभर तथा कुनै निश्‍चित ठाउँमा निषेधाज्ञा जारी गर्न सक्ने जनाएको छ ।

    ‘संक्रमण जोखिमको विश्लेषणका आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा २ बमोजिम कोभिड- १९ उपचार रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित जिल्लाभर वा जिल्लाको कुनै भागमा मात्र लागू हुने गरी आवश्यक व्यवस्था मिलाउन र सोको निमित्त आवश्यकताअनुसार स्थानीय प्रशासन ऐन, २०२८ बमोजिमको अधिकारसमेत प्रयोग गर्न सबै जिल्ला अधिकारीहरूलाई मुकरर गरी अधिकार सुम्पने’ निर्णय भएको उनले बताए ।

    सरकारले निशेधाज्ञा जारी भएको क्षेत्रमा रहने सरकारी तथा सार्वजनिक कार्यालयहरूले न्यूनतम संख्याका कर्मचारीबाट काम चलाउन र अन्यलाई घरबाट काम गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा अत्यावश्‍यक कामबाहेक बाहिर ननिस्कनका लागिसमेत आग्रह गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस