२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

चाैतारा बजारका तीन क्षेत्र सील

  • २०७७ भाद्र १, सोमबार मा प्रकाशित ४ साल अघि
  • भदाै १, २०७७
    चाैतारा: सिन्धुपाल्चोकमा कार्यरत गैरसरकारी संस्था सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च (सिडिइसिएफ) का चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि चौताराका विभिन्न तीन स्थानमा सील गरिएको छ ।

    चौतारा साँगाचोकगढी नगरपालिका ५ किसानटोलको घर, संस्थाका कर्मचारी खाजा, खाना खाने स्थानीय बाबुकाजी श्रेष्ठ र नारायण श्रेष्ठको होटललाई सील गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

    सोमबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले कन्टयाक ट्रेसिङ तथा सम्पर्कमा आएको व्यक्तिहरुको नमूना परीक्षणको नजिता नआउन्जेलको लागि सील गर्ने निर्णय गरेको थियो । अर्को सूचना जारी नभएसम्मको लागि होटल र कार्यालय घर सील गरिएको ढकालले जनाए ।

    कोरोना संक्रमण पुष्टि भएपछि सिडिईसिएफका १ महिला र १ पुरुषलाई मेलम्चीको बाहुनेपाटीस्थित आइसोलेशन र १ महिला र १ पुरुषलाई चौतारा अस्पतालको आइसोलेशनमा राखिने भएको छ ।

    कोरोना संक्रमित भएकाहरु चितवनमा एक तालिममा सहभागी भई साउन २८ सिन्धुपाल्चोक आइपुगेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस