साउन ३०, २०७७
चौताराः जुगल गाउँपालिका–२ लिदीमा पहिरोमा परि ३६ जना बेपत्ता भएका छन्। भने अरुको खोजिकार्य जारी रहेको छ। घाइतेमध्ये ५ जना चौतारा अस्पतालमा ल्याइएको छ।
पहिरोस्थलमा सभामुख अग्निप्रसाद सापकोटा, नेकपा केन्द्रीय सदस्य माधव सापकोटा सुवोध, चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमानसिं तामाङ घटनास्थल पुगेका छन्।
आज विहान ६ बजे गएको पहिरोले घरमा रहेका कति मानिस पुरिए भन्ने यकिन भइसकेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए। अहिले खोजी र उद्दारमा नेपाली सेना, नेपाल प्रहरी, स्थानीय जुटिरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस