साउन २९, २०७७
चौताराः जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको नियमित सेवा बन्द भएको छ। कोरोना भाइरसको जोखिम बढेपछि नियमित सेवा बन्द गरेको हो।
गृह मन्त्रालयबाट जारी गरिएको बन्दाबन्दी व्यवस्थित गर्नका लागि सेवा बन्द गरीएको सहायक प्रमुख जिल्ला अधिकारी बावुराम खनालले एक विज्ञप्ती जारी गर्दै बताएका छन्।
प्रशासनबाट हुदै आएको शान्ति सुरक्षा, मुद्दा सम्बन्धि र विपद व्यवस्थापन सम्बन्धि कार्यलाई निरन्तरता दिने उनले बताए।
यस्तै, नयाँ नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, संस्था तथा पत्रपत्रिका दर्ता तथा नविकरण, राहदानी वितरण, नाबालक परिचयपत्र र अन्य अत्यावश्यक नभएका सेवाहरु बन्द गरिएका छन्। साथै, अत्यावश्यक सेवा लिन परेकाले सरकारले तोकेको स्वास्थ्य सम्बन्धि मापदण्ड पुरा गर्नुपर्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस