२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

नेलमले दियो सिन्धुपाल्चोकलाई स्वास्थ्य सामग्री

  • २०७७ श्रावण २८, बुधबार मा प्रकाशित ४ साल अघि
  • साउन २८, २०७७
    चौताराः कोरोना महामारीको समयमा चिनको नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठुलो मात्राको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । बुधबार मितेरी पुलमा सो सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।

    तिब्बतको नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको लागि २८ सय पिपिइ सेट सहित पाँच हजार मेडीकल ह्याट तथा जुत्ता कभर, पञ्जा दुई हजार थान सहयोग गरेको हो ।

    नेलम काउन्टीले पञ्जा दुइ हजार थान, आइसोलेसन माक्स दुई हजार थान, एन नाइन्टीफाइफ माक्स र मेडीकल माक्स पनि पाँच हजार थान दिने भएको छ ।

    चिनीया सरकारले सिन्धुपाल्चोक जिल्लाकै प्रयोगको लागि भिटीएम दुइ हजार थान र पिसीआर रिएजेन्ट दुइहजार थान समेत सहयोग स्वरुपल उपलब्ध गराएको जिल्ला प्रशासान कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए।

    जिल्लामा कोरोना महामारीले उच्च रुप लिदै गरेको अवस्थामा नेलम काउन्टीले गरेको यो सहयोग अत्यन्तै महत्वपुर्ण रहेको ढकालले बताए । यो अहिलेसम्म नेलम काउन्टीले गरेको सहयोग मध्येकै ठुलो सहयोग गरेको समेत उनले उल्लेख गरे ।

    नेलम काउन्टीका समकक्षीसँग आफुले भाइचाराको सम्बन्ध विस्तार गरेका कारण यती धेरै सँख्यामा प्राप्त पिपिइ सेट तथा स्वास संकलन गर्ने सामग्री र पिसीआर रिएजेन्ट समेत सहयोग पाँउदा जिल्लालाई ठुलो राहत मिलेको उनले बताए । यसअघि पनि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको नेलम काउन्टीले यसपछि पनि टेन्ट र खाद्यान्न सहयोग गर्ने आश्वासन दिएको उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस