साउन २७, २०७७
चाैतारा: सिन्धुपाल्चोकमा काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ। बाह्रबिसे नगरपालिका- ४ का ८४ बर्षिय पुरुषको मृत्यु भएपछि मृत्तककाे संख्या ३ पुगेकाे हाे।
साउन २२ गते शिक्षण अस्पताल महाराजगन्जमा कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिए।
यसअघि सिन्धुपाल्चोक पाँचपोखरी थाङपालधाप गाउँपालिका ७ को एक पुरूष र बाह्रविसे नगरपालिका ९ राम्चेको सुत्कोरी महिलाको मृत्यु भएको थियो। नेपालमा कोरोनाबाट पहिलो मृत्यु सिन्धुपाल्चोकमै भएको थियो।
प्रतिक्रिया दिनुहोस