२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

चीनको नेलमले सिन्धुपाल्चोकलाई स्वास्थ्य सामाग्री सहयोग गर्ने

  • २०७७ श्रावण २७, मंगलबार मा प्रकाशित ४ साल अघि
  • साउन २७, २०७७
    चौताराः कोरोना महामारीको समयमा चीनको नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो सहयोग गर्ने भएको छ । बुधबार मितेरी पुलमा सो सहयोग सामग्री हस्तान्तरण गर्ने भएको हो ।

    तिब्बतको नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका लागि दुई हजार ८०० पिपिई सेटसहित पाँच हजार मेडिकल ह्याट तथा जुत्ता कभर, पञ्जा दुई हजार थान सहयोग गर्ने भएको छ ।

    यससँगै नेलम काउन्टीले पञ्जा दुई हजार, आइसोलेसन माक्स दुई हजार थान र एन नाइन्टीफाइभ मास्क दिने भएको छ । साथै मेडिकल मास्क पनि पाँच हजार थान दिने भएको छ ।

    चिनियाँ सरकारले सिन्धुपाल्चोक जिल्लाकै प्रयोगका लागि भिटिएम दुई हजार र पिसिआर रिएजेन्ट दुई हजार थान सहयोग गर्ने भएको छ ।

    जिल्लामा कोरोना महामारीले उच्च रुप लिँदै गरेको अवस्थामा नेलम काउन्टीले गर्ने यो सहयोग अत्यन्तै महत्वपूर्ण रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। यो अहिलेसम्म नेलम काउन्टीले गरेको सहयोगमध्येकै ठूलो सहयोग रहेको जनाए।

    प्रजिअ ढकालका अनुसार बुधबार मितेरी पुलमा सामग्री लिएपछि भन्सार प्रक्रिया पूरा गर्न र त्यसलाई निर्मलीकरण गर्नसमेत एकदुई दिन लाग्नेछ । त्यसपछि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, चौताराको स्टोरमा सो सामान भण्डारण गरिने र जिल्ला अस्पताल चौतारासँगको सहकार्यमा आवश्यक परेको ठाउँमा उपलब्ध गराउने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस