जनभावना विपरित गतिविधि गर्ने आफैं सकिन्छन्
साउन २६, २०७७
चौताराः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अनुशासन आयोग प्रमुख अमृतकुमार बोहोराले व्यक्तिगत टकरावको कारणले पार्टी संकटको मोडमा पुगेको बताएका छन्। सिन्धुपाल्चोकको बाह्रविसेमा आयोजित एक बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
पार्टीे सैद्धान्तिक भन्दा पनि व्यक्तिगत टकरावका कारणले समस्या पैदा भएको छ उनले भने, पार्टीका हरेक तहमा अनुशासनको कमी भएका छ। स्वेच्छाचारीता बढेकाले पार्टीभित्र समस्या सिर्जना भएको छ।
बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै हरेक नेता कार्यकर्ता बैठकबाट भाग्न नहुने जिकिर गरे। पार्टीभित्रको विवाद चर्किरहेको बेलामा असार १० गतेबाट जारी स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओली सहभागि भइरहेका छैनन।
पार्टीभित्रको विवाद समाधान गर्नका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले स्थायी कमिटीको बैठक राख्नुपर्नेमा जोड दिइहेका छन्। तर, प्रधानमन्त्री ओली स्थायी कमिटी बैठक नराखेर सचिवालय मार्फत् छलफल गर्न चाहान्छन्।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच चर्को विवादको कारणले पार्टी विभाजनको संघारमा पुगेको छ। पार्टीभित्रको विवाद समाधान गर्नका लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको सहमति प्रयास भएपनि जुट्ज सकेको छैन।
नेकपा केन्द्रीय सदस्य शेरबहादुर तामाङले पार्टीभित्र समस्या रहेको बताएका छन्। ‘पार्टी एक ढिक्का बनाउन गरिएका प्रयत्न भइरहेको छ। जनभावना बिपरित गतिविधि गर्ने हरेक नेता कार्यकर्ता आफैं समाप्त हुन्छ’ उनले भने।
पार्टीभित्रको विवाद समाधान गरेर अघि बढ्ने उनले बताए। कम्युनिष्ट पार्टीभित्र बहस चलिरहने भएकाले पार्टी नफ्ट्ने उनको तर्क छ।
प्रतिक्रिया दिनुहोस