साउन २६, २०७७
चौताराः सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका १ का १७ बर्षिय किशोरमा कोरोना देखिएपछि विर अस्पतालले फर्काएको छ। साउन २२ गते कोरोना परिक्षण गर्न विर अस्पताल पुगेको उनमा कोरोना देखिएको हो।
सिन्धुपाल्चोकबाट साउन २१ गते सार्वजनीक बसबाट काठमाडौँ पुगेपछि उनी कोरोना परिक्षण गराउन अस्पताल पुगेका हुन्। आइतबार आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि ती युवकलाई अस्पतालले घर फर्काएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए।
‘२१ गते बसबाट काठमाडौँ जानुभएको रहेछ। उहाँको हिजो आएको रिपोर्टमा कोरोना पुष्टि भएपछि अस्पतालले घर फर्काएछ’ उनले भने, ‘अस्पतालले गैर जिम्मेवारीपूर्वक कोरोना संक्रमितलाई घर फर्काउदा जोखिम बढेको छ।’
लकडाउन भर सिन्धुपाल्चोकमा नै रहेका ती युवकमा कोरोना पुष्टि भएपछि स्थानीयमा त्रास फैलिएको उनले बताए। ‘युवकमा कोरोना देखिएपछि परिवारको स्वाव संकलन गर्न लागेका छौँ’ उनले भने, ‘परिवारको रिपोर्ट आएपछि मात्रै संकास्पद व्यक्तिको पनि स्वाव संकलन हुन्छ।’
अहिले संक्रमित गोकणेश्वर नगरपालिका स्थिती सुन्दर टोलमा आफन्तको घरमा बसेका छन्। काठमाडौँको विद्यालय अध्ययन गर्नका लागि विद्यायले पीसीआर रिपोर्टसहित आउनु भएपछि कोरोना परिक्षण गर्न अस्पताल पुगेको उनले बताए।
जोखिम बढ्ननसक्ने भएकाले साविक हेलम्बु गाविस ३, ४, ५, ६ र ७ सील गरिएको उनले बताए। उनले आवश्यक काममा भन्दा बाहेक हिडडुल नगर्न समेत आग्रह गरेका छन्। घर गाउँमा बस्दा पनि सुरक्षित रहन आग्रह गरेका छन्।
तर, विर अस्पतालका निर्देशक केदार सेञ्चुरीले कोरोना संक्रमित युवकलाई फिर्ता नपठाएका बताउछन्। ‘हाम्रो अस्पतालामा बिरामी राख्न पर्याप्त बेड नभएको कारणले उहाँहरुलाई हामीले कन्ट्याक्क ट्रेसीङ गर्न र व्यवस्थापनका लागि इसीसीडिको समन्वयमा पठाएका हौँ।’
प्रतिक्रिया दिनुहोस