२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

हेलम्बुमा एक जनामा कोरोना देखिएपछि सम्भावित क्षेत्र ‘सील’

  • २०७७ श्रावण २६, सोमबार मा प्रकाशित ४ साल अघि
  • साउन २६, २०७७
    चौताराः हेलम्बु गाउँपालिका १ बाट काठमाडौँ गएको एक व्यक्तिमा कोरोना पुष्टि भएपछि सम्भावित क्षेत्र सील गरेको छ। साविक हेलम्बु गाविस ३, ४, ५, ६ र ७ सील गरिएको ।

    लकडाउन अवधिभर गाउँमै रहेकाले साउन १२ गते काठमाडौँ गएको ती १७ बर्षिय पुरुषमा कोरोना देखिएका हो। सम्भावित क्षेत्रका व्यक्तिको स्वाव संकलन गरेर कोरोना परिक्षण गर्न लागेको पालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जनाए।

    सम्भावित व्यक्तिको परिक्षणको नतिजा नआएसम्म सो क्षेत्र सील गरिएको उनले बताए। काठमाडौँ गएको व्यक्तिमा कोरोना देखिएपछि गाउँपालिकामा अत्यावश्यक काम बाहेर हिडडुल नगर्न आग्रह गरेका छन्

    उनले आवश्यक काममा भन्दा बाहेक हिडडुल नगर्न समेत आग्रह गरेका छन्।। घर गाउँमा बस्दा पनि सुरक्षित रहन आग्रह गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस