२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

बुधबार थपिए ३ सय ८१ कोरोना संक्रमित, मृत्तकको संख्या ६० पुग्यो

  • २०७७ श्रावण २१, बुधबार मा प्रकाशित ४ साल अघि
  • साउन २१, २०७७

    चौताराः नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ८१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा गरिएको नमुना परीक्षणबाट हालसम्म संक्रमित हुनेको संख्या कुल २१ हजार ३ सय ९० जना संक्रमित पुगेको छ।

    गत २४ घण्टामा १ सय ३० जना कोरोनामुक्त भएको मन्त्रालयकाृ प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

    मृत्तकको संख्या ४० पुग्यो

    नेपालमा कोरोना भाइरसबाट थप २ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा पर्साको पोखरिया ९ का १८ वर्षियाा किशोरी र वीरगञ्ज ५ का ४६ वर्षिय पुरुष रहेका छन्। साउन १९ गते झाडापाखालाबाट ग्रस्त किरोशीलाई उपचारका लागि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। उनको स्वाव संकलन गरी परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको उनले बताए।

    यस्तै वीरगञ्ज ५ का ४६ का पुरुषको साउन २१ गते अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। केही वर्षदेखि मधुमेहका रोगी ती पुरुष ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। १९ गते स्वाव संकलन गरिएकोमा त्यही दिन कोरोना पुष्टि भएको थियो।

    कोरोना पुष्टि भएपनि उनको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस