अमित घिमिरे
साउन २१, २०७७
आऊ तेजाव छ्यापौं
आफ्नो कामेच्छाका लागि हैन
आऊ तेजाव छ्यापौं
ट्वाईलेटमा, फोहोरको डङगुरमा
उत्तेजनालाई शदगद् गर्ने मुहारमा
म लाग्छु बरु मुखिया भएर अघिअघि
आऊ तेजाव छ्यापौं
वहुरुपीयहरु भौतिक बस्तुमा प्रेम बेच्नेहरुलाई
परीक्षा अगाडि नै नतिजा निकाल्नेहरुलाई
म किन्छु बरु ४ सिसि तेजाव
आऊ तेजाव छ्यापौं
पवित्र संस्थामा बसेर भ्रष्टचार गर्नेलाई
सिमाना मिच्नेलाई, देश लुट्नेलाई
गरिबको नाममा कुम्ल्याउनेलाई
हत्यारा, ज्यानमारा र बलात्कारीहरुलाई
तस्करहरु कालो बजारीयाहरुलाई
म लाग्छु बरु मुखिया भएर अघिअघि
तर
हवसको सिकार बनाउन नपाएरै
विद्रुप मानसिकताले
नपुसंकत्व मञ्चन नगर
त्यसरी तेजाव नछ्याप
मन जित प्रेमले सक्छौ भने
नत्र
शरीर पाएर के हुन्छ
प्रति केजी सय दुईसयका दरले मासु
चोक चौराहमा पाईन्छ नि ।
प्रतिक्रिया दिनुहोस