२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

मेलम्ची खानेपानी आयोजनाको सामान चोरीको आरोपमा ३ पक्राउ

  • २०७७ श्रावण २०, मंगलबार मा प्रकाशित ४ साल अघि
  • साउन २०, २०७७
    चौताराः मेलम्ची खानेपानी आयोजनाको सामान चोर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आयोजनाको सामान चोरी गरेर फर्कने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा सोहि कम्पनीमा बिगत ६ महिना देखि ईलेक्ट्रिसियनको रुपमा काम गर्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ९ सुनखानी घर भएका बर्ष २४ को पदम बहादुर तामाङ, सोहि ठाउँ बस्ने बर्ष २१ को सजन भन्ने उत्तम तामाङ र निजको साथी पाँचपोखरी थाङपाल गाउँपालिका २ बस्ने बर्ष १९ को ग्याल्बो स्याङबोलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फलबहादुर तामाङले जानकारी दिए।

    ईलाका प्रहरी कार्यालय मेलम्ची तथा सशस्त्र प्रहरी बल नेपाल खानेपानी सुरक्षा पोष्ट ग्याल्थुमबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलिले चोरि गरेर ल्याउँदै गरेको अवस्थामा गरेको बताए।

    हेलम्बु गाउँपालिका ४ स्थित मेलम्ची खानेपानी आयोजना अन्तर्गतको ग्याल्थुम सुरुङ अडिट नं २ को कम्पाउण्ड भित्र स्टोर गरी राखेको ३० किलो तामाको तार चोरी गर्ने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

    चोरी भएको तामाको तार ३० किलो र सो तामाको तार ओसार पसार गर्न संलग्न बा ७१ प ६१० नं को मोटरसाइकल समेत नियन्त्रणमा लिईएको प्रहरीले जनायो।

    उनिहरुलाइ सिन्धुपाल्चोक जिल्ला अदालतबाट चोरि मुद्दा अन्तर्गत म्याद थप गरी घटना सम्बन्धमा अनुसन्धान कार्य भईरहेका छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस