२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

सोमबार थपिए ४ सय १८ काेराेना संक्रमित, संक्रमण दर बढ्दो

  • २०७७ श्रावण १९, सोमबार मा प्रकाशित ४ साल अघि
  • साउन १९, २०७७
    चाैतारा: नेपालमा पछिल्लो २४ घण्टामा ४ सय १८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।  देशभरका प्रयोगशालामा ७ हजार ६ सय ३७ नमुना परीक्षण गरिएको थियो। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ७ सय ५० पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङमा उक्त कुराको जानकारी दिएका हुन्।  त्यस्तै विगत २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या  ३ सय ५८ रहेको छ।  यो सँगै हालसम्म १४ हजार ९ सय ६१ जना कोरोनाबाट निको भएका छन्।

    प्रदेश नम्बर १ मा ८ सय ७५, प्रदेश नम्बर २ मा ३ हजार १ सय ७६, बागमती प्रदेशमा ५ सय ४३ र गण्डकी प्रदेशमा १ हजार ३ सय ३० जना डिस्चार्ज भएका छन्। यस्तै, प्रदेश नम्बर ५ मा ४ हजार ६६, कर्णाली प्रदेशमा १ हजार ७ सय २३ र सुदूरपश्चिम प्रदेशमा ३ हजार २ सय ४८ जना डिस्चार्ज भएका छन्।

    सोमबार देशभरीका आइसोलेसनमा ५ हजार ७ सय ३२ जना संक्रमित उपचाररत रहेका छन्। जसमा प्रदेश नम्बर १ मा २ सय ९०, प्रदेश नम्बर २ मा २ हजार ३ सय ५७, बागमती प्रदेशमा ६ सय ५१ र गण्डकी प्रदेशमा २ सय ७२ जना संक्रमित उपचाररत रहेका छन्। यस्तै, प्रदेश नम्बर ५ मा ३ सय १५, कर्णाली प्रदेशमा २ सय ९८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ४९ जना रहेका छन्।

    प्रदेश नम्बर १ मा १ हजार २ सय ९६, प्रदेश नम्बर २ मा  १ हजार १ सय ४४, बागमती प्रदेशमा ८ सय २६ र गण्डकी प्रदेशमा २ हजार ७ सय ९५ जना क्वारेन्टिनमा रहेका छन्। यस्तै, प्रदेश नम्बर ५ मा १ हजार ३ सय ४०, कर्णाली प्रदेशमा ५ सय १४ र सुदूरपश्चिम प्रदेशमा २ हजार ५ सय ३७ जना क्वारेन्टिनमा रहेका छन्। अहिलेसम्म कोरोनाबाट ५७ जनाको मृत्यु भइसकेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस