साउन १८, २०७७
चौताराः प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासहित स्वकीय सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि सभामुख सचिवालय सबैको कोरोना परिक्षण गरिएको हो।
स्वास्थ्य प्रोटोकलअनुसार शुक्रबार सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाव संकलन गरी पिसिआर विधिबाट परीक्षण गरिएको सभामुखको प्रेस विज्ञ श्रीधर न्यौपानेले बताए।
शनिबार आएको रिपोर्ट सबैको नेगेटिभ रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस