२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

भोटेकोशी तटिय क्षेत्रमा पूर्व सूचना प्रणाली राख्न माग गर्दै परराष्ट्रलाई पत्र

  • २०७७ श्रावण १६, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • साउन १६, २०७७
    चौताराः भोटेकोशी नदिको किनारमा पुर्व सूचना प्रणाली स्थापना गर्न माग गरिएको छ। चीनको न्यालम क्षेत्रमा हिमतालहरु फुट्ने जोखिम रहेको चिनियाँ अधिकारीहरुले नेपाली पक्षलाई जानकारी गराएपछि पुर्व सूचना प्रणली स्थापना गर्न माग गरेका हुन्।

    जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र विपद व्यवस्थापन समितिको बैठकले नदीको तल्लो क्षेत्रमा ताल फुट्दा हुने जोखिम कम गर्नका लागि नदीमा पुर्व सूचना प्रणाली स्थापनाको लागि माग भएको हो ।

    जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले परराष्ट्र मन्त्रालयलाई पत्र लेख्द चीन सरकारसँग कुटनीतिक पहलकदमी गरेर नदीमा पुर्व सूचना प्रणाली राख्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

    चीनको तिब्बत क्षेत्रमा रहेको केरुङ छ्यो तालमा पानीको सतह बढेको र जति बेला पनि फुट्न सक्ने खतरा रहेको भन्दै एक साता अघि चिनियाँ अधिकारीहरुले जानकारी गराएपछि भोटेकाशी नदी क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयलाई सुरक्षित स्थानमा राखिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस