२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

न्यालम सरकारले दियो सिन्धुपाल्चोकलाई स्वास्थ्य सामाग्री

  • २०७७ श्रावण १६, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • साउन १६, २०७७

    चौताराः सिन्धुपाल्चोक जिल्लालाई मित्रराष्ट्र चीनको न्यालम कन्ट्री सरकारले कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रण र रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ ।

    दुइ देशबीच सम्पन्न सीमा सुरक्षा बैठकको सहमति अनुसार स्वास्थ्य सामाग्री सहयोग गर्न लागेको हो। नेपालमा अझै कोरोना भाइरस नियन्त्रणमा नआएकाले स्वास्थ्य सामग्री प्रदान गर्न लागेको हो।
    न्यालम सरकारको तर्फबाट एन ९५ माक्स १ हजार थान, डिस्पोजएबल मेडिकल माक्स १ सय थान लगायतका नौ प्रकारका स्वास्थ्य सामग्री प्रदान गर्ने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

    चीन सरकारले यस अघि पनि सिन्धुपाल्चोकका लागि झण्डै १ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री निःशुल्क प्रदान गरेको थियो । सीमावर्ती भोटेकोशी गाउँपालिकालाई समेत चीनको न्याल सरकारको तर्फबाट स्वास्थ्य सामग्री प्रदान गरेको थियो । बाढीपहिरो पीडितहरुका लागि चीन सरकारले खाद्यन, टेन्टलगायत अन्य आवश्यक सामग्रीहरु समेत दिने प्रतिबद्धता गरेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस