साउन १३, २०७७
चौताराः सिन्धुपाल्चोक जिल्लामा ४ जना कोरोना संक्रमित भेटिएका छन्। कोरोना मुक्त भएको २४ घण्टा नवित्दै ४ जना संक्रमित भेटिएका हुन्।
मेलम्ची नगरपालिकाका ३ र पाँचपोखरी गाउँपालिकाको १ गरि ४ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी कृष्ण तिवारीले जानकारी दिए।
संक्रमित भारत, मलेसिया र सर्लाहि जिल्लाबाट आएको समेत उनले बताए। योसँगै सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ६९ पुगेका छ। जसमध्ये ६३ जना कोरोना जितेर घर फर्किसकेका छन्।
दुई जनाको मृत्यु भइसकेको छ। नेपालमा कोरोनाबाट पहिलो मृत्यु सिन्धुपाल्चोकमा भएको थियो।
प्रतिक्रिया दिनुहोस