साउन १२, २०७७
चौताराः नेपालमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ। पर्सा र धनुषामा मृत्यु भएका दुई जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो।
पर्सा वीरगञ्जका ६५ वर्षीय र धनुषाका ३८ वर्षीय पुरुषको मृत्यु भएपछि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको
हो।
वीरगञ्जको आदर्शनगर निवासी भारतीय नागरिक ६५ वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए।
धनुषाको शहीद नगरपालिका ८ का ३८ वर्षीय पुरुषको पनि मृत्यु भएपछि गरिएको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ। अत्यधिक ज्वरो र रुघाखोकी लागेपछि उनी शनिवार प्रादेशिक अस्पताल पुगेका थिए।
थप दुई जना सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ। यस अघि मृत्यु भएका ४५ जनामा कुनै न कुनै स्वास्थ्य समस्या देखिएको छ। मृत्यु भएका मध्ये अधिकांश दिर्घरोगीहरु रहेका छन्।
प्रतिक्रिया दिनुहोस