२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

सिन्धुपाल्चोकमा मास्क नलगाइ हिड्दै हुनुहुन्छ? जरिवानामा परिएला

  • २०७७ श्रावण १२, सोमबार मा प्रकाशित ४ साल अघि
  • साउन १२, २०७७
    चौताराः सिन्धुपाल्चोकमा मास्क नलगाई हिड्न प्रतिबन्ध लगाइएको छ। कोरोना भाइरस (कोभिड १९) को जोखिम कायमै रहेपनि सरकारले लकडाउन खुकुलो बनाएपछि उच्च जोेखिम भएकाले मास्क नलगाइ हिड्न प्रतिवन्ध लगाएको हो।

    पछिल्लो समय सरकारले लकडाउन खुला गरे सँगै जिल्लाका मुख्य बजारहरुमा मास्क विना मानिसहरु हिडडुल गर्ने, भिडभाडमा जाने जस्ता क्रियाकलाप बढेपछि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

    सचेत गराउँदा समेत यस्ता क्रियाकलाप पुन दोहोरिएमा सोमबारबाट संक्रामक रोग ऐन २०२० बमोजिक जरिवाना वा कारवाही हुने प्रजिअ ढकालले बताए।

    पछिल्लो समय लकडाउन सकिएपछि सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने र स्यानिटाईजर प्रयोग गर्ने आदि कार्यमा व्यवसायी, कार्यालय, संघ सस्थाले समेत सचेतता नअपनाएको गुनासो वढेपछि कडाई गरेको उनले जनाए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस