२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

चार दिनसम्म भारी वर्षा, सतर्क रहन आग्रह

  • २०७७ श्रावण १२, सोमबार मा प्रकाशित ४ साल अघि
  • साउन १२, २०७७
    चौताराः मनसुन पुनः सक्रिय भएकाले आज आज अपरान्हदेखि मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने भएको छ।

    अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने देखिएकाले आगामी १६ गतेसम्म वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन्।

    नेपालमा मनसुन सक्रिय भई देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस