कांग्रेस प्रवेश गर्ने तयारी
साउन ११, २०७७
चौताराः राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापासहित ३१ जनाले पार्टीबाट संयुक्त राजीनामा दिएका छन्। शनिबार उनीहरुे संयुक्त रुपमा राजीनामा दिएका हुन्।
राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सैद्धान्तिक जगमा वैकल्पिक प्रजातान्त्रिक पार्टी बनाउने उद्देश्यले गठन भए पनि पछिल्लो समय पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा विचलन देखा परेकाले राप्रपाबाट अलग हुनुपरेको उनीहरुले संयुक्त राजीनामा उल्लेख गरेका छन् ।
नेतृत्वको ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको, स्वार्थ र परिस्थिति अनुकूल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हुँदा राप्रपाप्रतिको आमरुपमा विश्वास समाप्त भएको र पार्टी दिशाहीन बनेको छ राजीनामा पत्रमा भनिएको छ ।
राजीनामा दिनेमा सो पार्टीका १२ केन्द्रीय सदस्य छन् । संयुक्त रुपमा राप्रपा छाडेका थापा राप्रपाका केन्द्रीयस्तरका कांग्रेस प्रवेश गर्ने चर्चा चलिरहेको छ ।
कोको छन् राजीनामा दिने?
१ सुनिलबहादुर थापाः धनकुटा, उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य एवं पूर्वमहामन्त्री, राप्रपा, ९पूर्वमन्त्री उद्योग वाणिज्य
२ विष्णुविक्रम थापाः सिन्धुपाल्चोक, उच्चस्तरीय कार्य सम्पादन समिति सदस्य, राप्रपा, पूर्व गृहराज्यमन्त्री
३ बाबुराम बस्नेतः भोजपुर, उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य एवं सचिवालय सदस्य, राप्रपा
४ बृजलाल यादवः बारा, उच्चस्तरीय कार्य सम्पादन समिति सदस्य एवं पूर्व सहायक महामन्त्री
५ पदमबहादुर बस्नेतः धनकुटा, केन्द्रीय सदस्य, पूर्वजिल्ला सभापति धनकुटा
६ किरण गिरीः काठमाडौं, केन्द्रीय सदस्य एवं प्रवक्ता, राप्रपा
७ दिलीप राईः झापा, केन्द्रीय सदस्य
८ आशाराम चौधरीः कैलाली, केन्द्रीय सदस्य
९ चन्द्रकुमार घुण्डे गुरुङः संखुवासभा, केन्द्रीय सदस्य, राप्रपा
१० राज्यलक्ष्मी श्रेष्ठः नुवाकोट, संविधान सभा सदस्य
११ चतुरमान विश्वकर्माः झापा, केन्द्रीय सदस्य
१२ राम पदारथ शाहः सर्लाही, केन्द्रीय सदस्य
१३ वीरेन्द्रलाल कर्णः धनुषा, पूर्वकेन्द्रीय सदस्य
१४ नारायण राउतः भोजपुर, पूर्वकेन्द्रीय सदस्य
१५ इन्द्रबहादुर तामाङः सिन्धुपाल्चोक, पूर्वजिल्ला अध्यक्ष, जिविस उपसभापति
१६ राजकुमार भट्टराईः सिन्धुपाल्चोक, पूर्वजिल्ला अध्यक्ष, शिक्षक परिषद्
१७ डम्बरबहादुर राईः भोजपुर, महाधिवेशन प्रतिनिधि
१८ माधव पौडेलः सिन्धुपाल्चोक, जिल्ला कार्यसमिति सदस्य
१९ अर्जुन विक्रम थापाः सिन्धुपाल्चोक, पूर्वगाविस अध्यक्ष, बोडेगाउँ
२० हरेन्द्रप्रसाद यादवः बारा, जिल्ला अध्यक्ष
२१ रुपनारायण यादवः बारा, जिल्ला उपाध्यक्ष
२२ भिखारी लाल यादवः बारा, जिल्ला सदस्य
२३ भिखारी लाल यादवः बारा, जिल्ला सदस्य
२४ जिल्ला अध्यक्ष लक्ष्मी सुब्बासहित जिल्ला कार्य समिति धनकुटाका सम्पूर्ण सदस्यहरु धनकुटा
२५ राप्रपा धनकुटाका सम्पूर्ण नगर, गाउँ, क्षेत्रीय इकाइ समितिहरु धनकुटा
२६ महेन्द्र बस्नेतः मोरङ, पूर्व जिल्ला सदस्य
२७ गोपी ठकुरी, सिन्धुपाल्चोकः जिकास सदस्य
२८ डोलनाथ आचार्यः सिन्धुपाल्चोक, गाउँपालिका उपाध्यक्ष
२९ दबिबल तामाङः सिन्धुपाल्चोक नगरपालिका इकाइ सदस्य
३० मदन घिमिरेः धनकुटा, वरिष्ठ उपाध्यक्ष, राप्रपा प्रजातान्त्रिक युवक संगठन
३१ ध्रुव थापाः सिन्धुपाल्चोक, पूर्व युवक संगठन सदस्य
प्रतिक्रिया दिनुहोस