साउन १०, २०७७
चौताराः नेपालमा थप १०९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र एक व्यक्तिको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।
यससँगै शनिवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८,४८३ पुगेको छ। अहिलेसम्म ४५ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ। मन्त्रालयका अनुसार कोभिड १९ पुष्टि भएका मानिसमध्ये अहिलेसम्म १३,०५३ अर्थात् ७० प्रतिशतभन्दा बढी रोगमुक्त भएका छन्।
नेपालमा कोरोनाभाइरस सङ्क्रमण भएर मृत्यु हुने ४५औं व्यक्ति बाराको परवानीपुर ८ की १७ वर्षीय महिला रहेको मन्त्रालयमा प्रवक्ता डा जागेश्वर गौतमले दिए।
उनको शुक्रवार गण्डक कोभिड अस्पतालमा मृत्यु भएको हो। साउन ८ बिहीवार गते स्वाब सङ्कलन गरिएको उनको शुक्रवार कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।
प्रतिक्रिया दिनुहोस