२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

सिन्धुपाल्चोकमा पहिलो पटक कानुन बिषयको पढाई हुने

  • २०७७ श्रावण १०, शनिबार मा प्रकाशित ४ साल अघि
  • साउन १०, २०७७
    चौताराः चौतारा सागाचोकगढी नगरपालिका ४ मा रहेको कालिकादेवी माध्यामिक विद्यालयमा कानुन बिषयको पढाई हुने भएको छ। सिन्धुपाल्चोक जिल्लामा पहिलोपटक कानुन बिषयको पढाई हुन लागेको हो।

    यस बर्षदेखि विद्यालयमा कानुन बिषयको पढाई हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघु तामाङले जानकारी दिए। ‘सिन्धुपाल्चोक जिल्लामै पहिलो पटक कानुनी संकायमा कक्षा ११ देखी पठन पाठन हुना लागेको हो’ उनले भने।

    सिट सिमीत भएकाले इच्छुक विद्यार्थीलाई समयमानै भर्ना गर्नको लागि समेत उनले आग्रह गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस