साउन ८, २०७७
चौताराः भोटेकोशी बाढी पहिरोपीडितले प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालसामु गाँसबासको समस्या भएको गुनासो गरेका छन्। बिहिबार पीडितको अवस्था बुझ्ना पहिरोस्थल भएका सिडियासामू पीडितले गाँसबासको समस्या भएको बताएका हुन्।
पीडितहरुसँग प्रजिअ ढकालले कुरा गर्दै गर्दै अहिलेको तत्कालको आवश्यकता केहो? भन्दै प्रश्न गरे। तर, जवाफमा बाढी पीडितहरुले गाँसबासको समस्या परेको र त्यो समस्या सुल्झाइदिन आग्रह गरेका छन्।
विपदमा परेका नागरिकलाइ जिल्ला विपद् व्यवस्थापन समितिले टेण्ट, त्रिपाल र नगद १० हजार रुपैयाँ सहयोग गरेको थियो। भोटेकोशी गाउँपालिका र बाह्रविसे नगरपालिका ठुलो मानविय र भौतिक क्षति भएको छ।
निरन्तरको बर्षात्को कारणले भोटेकोशी तटिय क्षेत्रका स्थानीयको जोखिममा परेका छन्। भने, बाढी पहिरोले बाह्रविसे बजारबाट तातोपानी नाकासम्म पुग्ने अरनिको राजमार्ग पूर्ण रुपमा क्षति पुर्याएको छ। जिल्ला विपद् व्यवस्थापन समितिबाट पठाएको राहत वास्तविक पीडितले पाए कि पाएनन् भन्ने विषयमा चासो लिएका छन्।
न्यालमबाट सहयोगको प्रतिबद्धता
प्रजिअ ढकालले चीनको न्यालम जिल्लाका समकंक्षीहरुसँग पनि भेटवार्ता गरेका छन्। चीनियाँ समकक्षीसँग पनि जिल्लाको बाढी पीडितहरुको बारेमा जानकारी गराउँदै राहतको अपेक्षा गरेका छन्। भेटमा समकंक्षिले आफुले सकेको सहयोग गर्ने वचन दिएका छन् ।
सीमावर्ती जिल्लामा बाढीपहिरोले ठुलो जनधनको क्षति भएपछि मित्रराष्ट्र चीनले खाद्यान लगायत अन्य आवश्यक सामग्री सहयोग गर्ने प्रतिबद्धता गरेको हो । नेपाल–चीन सीमा मितेरी पुलमा बिहीबार सम्पन्न सीमा सुरक्षा बैठकमा चीनको नेलमा कन्ट्री सरकारले बाढीपहिरोबाट प्रभावितहरुका लागि सहयोग गर्ने प्रतिबद्धता गरेको हो ।
प्रतिक्रिया दिनुहोस